Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीको सेटिङमा नेपालबाट तस्करी भएको सुपारी भारतमा बरामद

सशस्त्र प्रहरीको सेटिङमा नेपालबाट तस्करी भएको सुपारी भारतमा बरामद

मंगलवार , आश्विन २८, २०८२

सर्लाही । जेनजी समूहको आन्दोलनपछि देशमा कानुनबिहीनताको लाभ उठाउँदै सर्लाहीका सीमा क्षेत्रबाट व्यापक मात्रामा सुपारी तस्करी भइरहेको छ ।

सशस्त्र प्रहरी बलको मुख्यालयदेखि छिन्नमस्ता बाहिनीपति, १० नम्बर गण सर्लाहीका एसपीदेखि नेपाल प्रहरीको सेटिङमा भारतमा सुपारी तस्करी भएको तथ्य खुलेको छ । सुपारी तेस्रो मुलुकबाट नेपालमा आयात गरी नेपालमै उत्पत्ति भएको भन्दै भारततर्फ तस्करी हुँदै आएको छ ।

सर्लाहीको नारायणपुर, बहादुरपुर र मलगंवाबाट सुपारी तस्करी हुने गरेको छ । नेपालबाट तस्करी गरी पठाइएको १ करोड भारु बराबरको सुपारी बिहारको सीतामढी जिल्ला मेजरगंज थानामा एसएसबीले बरामद गरेको छ ।

नेपालबाट तस्करी गरी पठाइएको ३ वटा ट्रक र २ वटा पिकअपमा लोड गरिएको सुपारी भारतको मेजरगगंज थानामा बरामद गरिएको समाचार भारतीय मिडियाले तस्बिरसहित प्रकाशित गरेका छन् ।

१९६ बोरा सुपारी इन्डो नेपाल सीमासँग जोडिएको मेजरगंजमा सोमबार बरामद भएको भारतीय पत्रिका प्रभात खबरमा समाचार छ । १ सय ९६ बोरा सुपारी बोकेका ३ ट्रली (ट्रक) र २ वटा पिकअपसहित एसएसबीले बरामद गरेको उक्त पत्रिकाले जनाएको छ । सुपारीसमेत ३ जनालाई पक्राउ गरिएको छ ।

मेजरगंज बसपार्कमा पुर्‍याएर पिकअपमा लोड गर्दै गर्दा सुपारी बरामद भएको थियो । भारतीय अर्धसैनिक बल एसएसबीले सीमाबाट हुने तस्करी नियन्त्रण अभियान नै चलाएको छ ।

भारतको मेजरगंजमा बरामद भएको उक्त सुपारी विराटनगरका पिन्टुले वीरगन्जका नामुद तस्कर उमेश तेलीमार्फत सर्लाहीका नाकाबाट भारततर्फ तस्करी गर्न लागेका थिए ।

मेजरगंज थानामा ठूलो मात्रामा बरामद भएपछि सर्लाहीमा भण्डारण गरिएको सुपारी नारायणपुर र बहादुरपुरबाट भारततर्फ पठाउन तस्कर समूह लागेको स्रोत बताउँछ । मेजरगंजमा बरामद भएपछि रुट परिवर्तन गर्दै उमेश तेलीले नारायणपुर नाकामार्फत् सुपारी तस्करीको सेटिङ मिलाएका छन् ।

बिजय यादव, सरोज यादव, नवल यादव, नवीन चौधरी र राजेश ठाकुरमार्फत सर्लाहीको अर्को नाका नारायणपुरबाट भारततर्फत् सुपारी तस्करी गराउन लागिएको स्रोत बताउँछ । नारायणपुरबाट भारततर्फ सुपारी तस्करी गर्न सन्तोष साह र उमेश साह समेत लागेका छन् ।

सशस्त्रका आईजीपी राजु अर्यालका विश्वासपात्रका रूपमा चिनिएका घुमुवा सहायक हवलदार रोशन मिश्रको सेटिङमा उमेश तेलीले सुपारी तस्करीको लागि सर्लाहीका सिमानाकालाई चयन गरेका थिए ।

मधेश प्रदेश छिन्नमस्ता बाहिनीका डीआईजी कृष्ण ढकाल, १० नम्बर गण सर्लाहीका एसपी देवबहादुर चन्दसमेतलाई मिलाएर उमेश तेलीले सुपारी तस्करीको लाइन चलाएका छन् ।

दैनिक राति राति ट्रकका ट्रक सुपारी भारततर्फ तस्करी भइरहेको छ । सशस्त्र प्रहरीको १० नम्बर गण सर्लाहीका एसपी देवबहादुर चन्दका घुमुवा असई सुरेश महतोले सुपारी तस्करीमा सहयोग गरिरहेको स्रोत बताउँछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077