काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशनको हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् ।
राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले विशेष महाधिवेशनको लागि २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाउन पार्टीभित्रका असन्तुष्ट पक्षलाई चेतावनी दिए । राप्रपामा ४६ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको उनको भनाइ छ ।
आफ्नो योग्यता, कार्यक्षमतामाथि प्रश्न उठाएर १३ सय महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरे महाधिवेशन बोलाएर अध्यक्षको पद पनि हस्तान्तरण गर्ने उनले बताए ।