कञ्चनपुर । प्रहरी निरीक्षक (इन्स्पेक्टर) जय पार्कीले अब कञ्चनपुरको ईलाका प्रहरी कार्यालय बेलडाँडीको प्रमुखको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले बुधबार गरेको सरुवा निर्णयअनुसार पार्कीलाई बेलडाँडी पठाइएको हो ।
हालसम्म ईलाका प्रहरी कार्यालय सुखडमा कार्यरत पार्कीले विभिन्न स्थानमा रही उत्कृष्ट काम र सफल अनुसन्धानको छाप छोडेका छन् ।
उनले कार्यक्षेत्रमा अपराध नियन्त्रण, मादक पदार्थ नियन्त्रण र सामुदायिक समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन्।
यसअघि जिल्ला प्रहरी कार्यालय अछाममा सूचना अधिकारीका रूपमा कार्यरत रहँदा उनले सञ्चार माध्यमसँग पारदर्शी समन्वय र संवेदनशील मुद्दामा चुस्त व्यवस्थापन गरेका थिए ।
पार्की इमानदार, अनुशासित र नतिजामुखी प्रहरी अधिकारीका रूपमा चिनिन्छ । बेलडाँडीको सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रण र सुरक्षाको सुदृढीकरणमा उनले ठोस परिणाम ल्याउने अपेक्षा गरिएको छ ।