Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन प्रहरी उत्कृष्ट : भण्डारीलाई सर्बोत्कृष्ट अनुसन्धानकर्ता, भट्टलाई पूर्णशान्ति र राईलाई योगेन्द्र स्मृति पुरस्कार

तीन प्रहरी उत्कृष्ट : भण्डारीलाई सर्बोत्कृष्ट अनुसन्धानकर्ता, भट्टलाई पूर्णशान्ति र राईलाई योगेन्द्र स्मृति पुरस्कार

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेपाल प्रहरीमा यो वर्षको सर्बोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई प्रदान गरिएको छ ।

७०औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई डीएसपी भण्डारीलाई पुरस्कार प्रदान गरेका हुन् ।

भण्डारी लामो समयदेखि हाइप्रोफाइल घटनाको अनुसन्धानमा संलग्न रहँदै आएका छन् । पूर्ण शान्ति पुरस्कार भने जिल्ला प्रहरी कार्यालय, रामेछापमा कार्यरत डीएसपी भोला भट्टलाई दिइएको छ ।

त्यस्तै, यो वर्षको योगेन्द्र स्मृती साहसीक पुरस्कार डिल्लीबजार कारागारमा कार्यरत इन्सपेक्टर दुर्गा राईलाई प्रदान गरिएको छ ।

उनले जेनजी आन्दोलनमा कारागारबाट कैदी भाग्न नदिई साहसिक काम गरिएको आधारमा यो पुरस्कार प्रदान गरिएको हो ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड भने पूर्वडीआईजी कृष्णबहादुर रानालाई दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077