काठमाडौं । आफुले रोजेअनुसारको प्रमुख प्रशासकीय अधिकृत नपाएर समस्या झेलिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई असफल बनाउन केही कर्मचारी समेत लागेको पाइएको छ ।
खासगरी कांग्रेस–एमाले निकट कर्मचारीहरू बालेनविरुद्ध योजनाबद्ध रुपमा लागेका हुन्। नगर प्रहरीका एसपी विष्णु जोशी नै बालेनविरुद्ध लागेको विषय खुलेपछि महानगरभित्र हाल हंगामा भगाएको छ। उनी महानगरपालिकाको दमकल शाखाको समेत इन्चार्ज छन्।
तर, हालै भएका आन्दोलनका घटना तथा अन्य आगलागीमा पनि महानगरपालिकाको दमकल समयमा पुग्न नसकेको भनेर आलोचना भइरहेको छ । उनै जोशीका कारण महानगरपालिका बदनाम भइरहेको स्रोत बताउँछ । उनले योजनाबद्ध रुपमा दमकल खटाउन ढिलाई गर्दै आएका छन्। जसको कारण बालेनको आलोचना बढेको छ ।
एसपी जोशी नेपाली कांग्रेस निकट हुन्। उनको श्रीमती नेपाली कांग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाको कार्यसमिति सदस्य छिन्। जोशीको कांग्रेसका वडाअध्यक्षहरुसँग निकटता छ। जसकारण उनी बालेन विरोधी गुटमा लागेका छन्।
यसअघि प्रशासकीय अधिकृत सरोज गुरागाईले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गर्दा उनै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो। कांग्रेस–एमालेकै योजनाबद्ध उनलाई निमित्त प्रमुख बनाएर बालेनविरोधी गतिविधिमा लगाइएको थियो।
पछि पाण्डेको निलम्बन अदालतले बदर गरेसँगै उनी हिस्स परेका थिए। अहिले पनि उनी बालेनलाई असफल बनाउने गतिविधिमा सक्रियताका साथ लागेको महानगरपालिका स्रोत बताउँछ ।