Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

 अगरबत्ती उद्योगमा आगलागी, २ करोड बढीको क्षति

 अगरबत्ती उद्योगमा आगलागी, २ करोड बढीको क्षति

शनिवार , कार्तिक १, २०८२

रुपन्देही । रुपन्देहीको एक अगरबत्ती उद्योगमा आगलागी भएको छ ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका-६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको हो ।

शनिबार बिहान विद्युत सट भइ भएको आगलागीबाट करिब २ करोड ३२ लाख बढी मूल्य बराबरको क्षति भएको छ ।

आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, कम्प्यूटर लगायतका सामग्रीहरू जलेर नष्ट भएको उद्योगका सञ्चालक श्रीराम गुप्ताले बताए ।

आगलागी सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीबासीको सहयोगमा बिहान ८ बजे मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077