Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दल खोल्ने घोषणा गर्दै मिराज ढुंगानाले भने- हाम्रो बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा जादैनौँ

दल खोल्ने घोषणा गर्दै मिराज ढुंगानाले भने- हाम्रो बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा जादैनौँ

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरू राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताएका हुन्।

उनले भने- 'हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ। भिडले देश विकास हुँदैन, कि एनजिओ खोल्नुपर्‍यो कि पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन।'

उनले पार्टी खोले पनि आफूहरूको बटमलाइन पूरा नभएसम्म चुनावमा नजाने पनि बताए।

उनले भने- 'प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो। त्यो मुद्दालाई सुन्नौं पर्छ। हामी चुनावमा जान भन्दा पनि सङ्गठित भएर अघि बढ्नको लागि पार्टी खोल्न लागेका हौँ। बटम लाइन पूरा नभई हामी चुनावमा जाने तयारी छैनौँ। प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो प्रमुख मुद्दा हो र यसबिना कतै जाने छैनौँ। पार्टी खोल्नुको अर्थ चुनाव लड्नु होइन, संगठित भएर अघि बढ्नका लागि हो।'

उनले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न लागिएको नभइ जेनजीको आधिकारिक पार्टी हुन खोल्न लागिएको दाबी गरे ।

साथै उनले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था मिलाउनुपर्ने, भ्रष्टाचार अन्त्य गर्नको लागि नागरिक स्तरीय छानबिन समिति गठन गर्नुपर्ने पनि सर्त समेत राखेका छन्। अहिले पत्रकार सम्मेलन जारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077