Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वसचिव डा.संगीता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वसचिव डा.संगीता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव डा.संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमआरआई मेसिन खरिदमा अनियमित्ता गरेको आरोपमा आइतबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा एमआरआई खरिद भएको थियो।

मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। मिश्रससहितका प्रतिवादीविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो कायम गरिएको छ।

डा.मिश्रा वर्तमान सरकारमा स्वास्थ्यमन्त्री बन्ने तयारीमा थिइन्। जेनजीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन् ।

स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले सचिवबाट राजीनामा दिएकी थिइन् ।

स्वास्थ्यमन्त्रीको रुपमा मिश्राको नाम चर्चामा आउन थालेपछि अख्तियारका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई उनीमाथि केही दिनमै भ्रष्टाचारको आरोपपत्र दर्ता हुनसक्ने जानकारी गराएको थियो । त्यसपछि मिश्राको नाम एकाएक रोकिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077