Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यो सरकारलाई खारेज गरेर संयुक्त सरकार गठन गर्नुपर्छ: विप्लव

यो सरकारलाई खारेज गरेर संयुक्त सरकार गठन गर्नुपर्छ: विप्लव

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' जेनजी विद्रोह आफ्नो राजनीतिक उद्देश्य प्राप्त गर्न असफल भएको बताएका छन्।

केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संसद् भङ्ग गर्ने र नयाँ अन्तरिम सरकार गठन गर्नेसम्म पुगेको भएपनि आन्दोलनको उद्देश्य प्राप्त गर्न असफल भएको बताएका हुन् ।

उनले भने- 'अन्तरिम सरकार जेनजी मागको अनुरूप भएको छैन। जेनजी विद्रोहले सरकार, संसद् विघटन गर्न सफल भयो । अन्तरिम सरकार गठन भयो तर जेनजीले उठाएका माग पुरा भएन । सुशीला कार्की कसरी प्रधानमन्त्री बनिन्, मन्त्रीहरु कसरी बने भन्नेमा मतभेद छ । यत्रो विद्रोहपछि समस्याको हल हुनुपर्थ्यो । तर त्यसो नभई अर्को विद्रोह र अराजकतामा जाने खतरा देखियो । यो सरकार बन्दै रहस्यमय तरिकाले बनेको छ।'

निर्वाचन प्रणाली, राज्यको शासकीय स्वरूप, संविधानको पुनर्लेखन लगायत एजेन्डा पुरा गर्न जेनजी विद्रोह असफल भएको बताए ।

उनले भने- 'सबै समस्या समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट, देशभक्तहरूको संयुक्त सरकार गठन गर्नुपर्छ । जेनजीहरुलाई समेत समेटेर प्रत्यक्ष कार्यकारी निर्वाचन, निर्वाचन प्रणालीमा सुधार र संविधानको पुनर्लेखन गर्नुपर्छ ।'

यो सरकारलाई खारेज गरेर सर्वपक्षीय  सरकार गठन गर्नुपर्ने उनको भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077