Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झापामा कुटपिटबाट युवकको मृत्यु, अभियुक्त फरार

झापामा कुटपिटबाट युवकको मृत्यु, अभियुक्त फरार

बिहिवार , कार्तिक ६, २०८२

झापा । झापामा कुटपिटका कारण एक युवकको मृत्यु भएको छ । बुधबार साँझ बिर्तामोड नगरपालिका–५ बस्ने ३० वर्षीय जगन राजबंशीको अज्ञात व्यक्तिको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आपसी विवादका क्रममा राजबंशीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। गम्भीर घाइते भएका उनलाई आफन्तहरूले उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पुर्‍याएका थिए। तर डाक्टरहरूले उनलाई अस्पताल पुर्‍याउनेबित्तिकै मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको शव पोस्टमार्टमका लागि हाल बीएण्डसी अस्पतालमै राखिएको छ।

घटनामा संलग्न व्यक्ति भने फरार रहेको र उनको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तथा पक्राउका लागि प्रहरी टोली परिचालित गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077