Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वसांसद गंगा थारुमाथि कुटपिट, प्रहरीमा उजुरी

पूर्वसांसद गंगा थारुमाथि कुटपिट, प्रहरीमा उजुरी

शुक्रवार , मंसिर १२, २०८२

रुपन्देही । पूर्वसांसद गंगा थारु आफ्नै गाउँ राप्ती गाउँपालिका–७ मा स्थानीय महिलाबाट कुटपिटमा परेकी छन् ।

स्रोतका अनुसार बाटो तथा जग्गा सिमाना सम्बन्धी विवाद समाधानका लागि पुगेकी थारु छलफलकै क्रममा एक महिलासँग झगडा परेपछि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेका हुन् ।

घटनापछि पूर्व सांसद थारुले आफूलाई कुटपिट र हातपात गर्नेहरूविरुद्ध कानुनी कारबाहीको तयारी गर्दै मुद्दा दर्ता गर्ने चेतावनी दिएकी छन् ।

पछिल्लो समय राजावादी आन्दोलनमा सक्रिय थारुले कुटपिटमा माओवादी कार्यकर्ताको संलग्नता रहेको दाबी गरेकी छन् । उनका अनुसार घुँडामा चोट लागेको छ। साथै मंगलसूत्र समेत लुटेर लगेको उनको भनाइ छ ।

घटनाबारे प्रहरीले दुवै पक्षबाट उजुरी परेको पुष्टि गरेको छ । प्रहरीले घटनास्थलको थप अनुसन्धान सुरु गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077