Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

श्रीमती हत्या आरोपम ‘नेपाली ब्रो’ पक्राउ, सम्बन्ध विच्छेदको प्रक्रियामा थिइन् भुजेल !

श्रीमती हत्या आरोपम ‘नेपाली ब्रो’ पक्राउ, सम्बन्ध विच्छेदको प्रक्रियामा थिइन् भुजेल !

शनिवार , जेठ २३, २०८३

काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’का नामले परिचित रेस्लर कुमार थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई शुक्रबार राति बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारस्थित घरमा शुक्रबार राति करिब १० बजेतिर घरायसी विवाद चर्किएपछि थापाले श्रीमती ईश्वरी भुजेल माथि फलामको रड प्रहार गरेका थिए।

गम्भीर घाइते भएकी ईश्वरीलाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराई ले जानकारी दिए।

प्रहरीका अनुसार थापा र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद ९डिभोर्स० प्रक्रिया अन्तिम चरणमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको कारण, पारिवारिक अवस्था तथा विवादको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हाल ईश्वरीको शव शिक्षण अस्पतालमा पोस्टमार्टम प्रक्रियामा राखिएको छ। पक्राउ परेका थापामाथि कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077