Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

शुक्रवार , कार्तिक ७, २०८२

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका-३ दानीखेतमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो।

दुर्घटनामा जीपमालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए।

जीप कसले चलाएको थियो र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

जीप चालकको खोजी भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077