Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

समाजवाद पक्षधरलाई विप्लवले बोलाए काठमाडौं

समाजवाद पक्षधरलाई विप्लवले बोलाए काठमाडौं

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले स्वाधीनता र समाजवादका पक्षधरहरूलाई प्रदर्शन र सभाका लागि यही कात्तिक २० गते काठमाडौंमा भेला हुन आह्वान गरेका छन्।

‘नेपाललाई अरूले होइन, हामी आफैँले फेर्ने हो’ भन्दै उनले नेपाली समाजवादीहरूसँग छलफल गर्न काठमाडौं आउन अपिल गरेका हुन्।

उनले लेखेका छन्- 'नेपाललाई अरूले होइन, हामी आफैँले फेर्ने हो। अरूले होइन, नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन्, देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ। स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौँ साथीहरू ।'

यस्तै जेनजी आन्दोलनपछिका राजनीतिक विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको नेता सन्तोष बुढामगरले जानकारी दिए ।

सभा अगाडि र्‍याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतार्ने तयारी छ । नेता बुढामगरले भने- 'कम्तिमा १०/१५ हजार जनाको संख्यामा प्रदर्शन र सभा गर्ने तयारी छ ।'

उनका अनुसार सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।

यसअघि दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्न खोज्दा गृह मन्त्रालयले अनुमति दिएको थिएन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077