Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विप्लव नेतृत्वको पार्टीले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन, नाम ‘कम्युनिस्ट पार्टी नेपाल’

विप्लव नेतृत्वको पार्टीले दियो निर्वाचन आयोगमा दल दर्ताको निवेदन, नाम ‘कम्युनिस्ट पार्टी नेपाल’

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएको छ।

नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढासहितले आज आयोगमा पुगेर दल दर्ता निवेदन दिएका हुन्।

पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राखिएको नेताहरूले बताएका छन्।

प्रवक्ता विश्वकर्माले जेनजी आन्दोलनपछि परिस्थिति फरक भएको भन्दै फागुन २१ को निर्वाचनमा भएका जटिलताका बिच देश र जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर आफुहरु दल दर्ता गर्न आएको बताएका छन् ।

मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने- 'आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुँदैछ । निर्वाचन सहभागी हुने पहिलो दलको अभ्यास हाम्रो पार्टीको विधानमा नयाँ छ । त्यसकारण मैले यहाँ सबैको बीचमा यो दिन ऐतिहासिक हुनेछ भनेको हुँ ।'

पहिलोपटक संसदीय प्रणालीमा भाग लिएको दिन भएकाले आजको दिनलाई ऐतिहासिक भएको उनको प्रष्टोक्ति थियो ।

 

विप्लव नेतृत्वको नेताहरू दल दर्ताका लागि निर्वाचन आयोगमा, तस्बिरसहित

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077