एजेन्सी । रुसले परमाणु इन्जिनजडित क्रुज मिसाइल ‘बुरेवेस्तनिक’को सफल परीक्षणपछि असीमित दायरा भएको परमाणु ऊर्जाबाट चल्ने टोरपेडोको पनि सफलतापूर्वक परीक्षण गरेको छ ।
सफल परीक्षणलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु ऊर्जाबाट चल्ने स्वचालित मानवरहित पनडुब्बी ड्रोन ‘पोसाइडन’ रुसको सबैभन्दा उन्नत ब्यालिस्टिक मिसाइल ‘सरमत’भन्दा पनि शक्तिशाली भएको बताएका छन् ।
'हामीले मंगलबार यसको सफलतापूर्वक परीक्षण गर्यौँ,' उनले भने । पुटिनले बुधबार यो पोसाइडन परमाणु–संचालित सुपर स्वायत्त टोरपेडोको परीक्षण गर्नु ठूलो सफलता भएको बताए ।
यद्यपि, सार्वजनिक रूपमा पोसाइडनका बारेमा धेरै कम मात्र जानकारी उपलब्ध छ । यो एक स्वायत्त परमाणु टोरपेडो भएको बताइएको छ ।