Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युएईमा युक्रेन, रुस र अमेरिकाबीच त्रिपक्षीय वार्ता

युएईमा युक्रेन, रुस र अमेरिकाबीच त्रिपक्षीय वार्ता

शनिवार , माघ १०, २०८२

एजेन्सी । रूस, युक्रेन र अमेरिकाबीच युएईको आबुधाबीमा त्रिपक्षीय वार्ता भएको छ ।

रुस र युक्रेनबीचको झन्डै चार वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको योजनामा दुई देशबीच यो पहिलो प्रत्यक्ष सार्वजनिक वार्ता हो ।

रुसले युक्रेनको पूर्वी डोनवास क्षेत्र फिर्ताबारेको आफ्नो मागलाई यथावत् नै राखेको अवस्थामा त्रिपक्षीय वार्ता शुरु भएको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेत्र नै मुख्य मुद्दा रहेको र वार्ताको एजेन्डा यही विषय रहने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

युएईको विदेश मन्त्रालयले विज्ञप्तिमा अबुधाबीमा वार्ताको शुरुआत भएको र यो वार्ता दुई दिनसम्म चल्ने जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077