Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बर्लिनस्थित नेपाली राजदूतावासको आग्रह - युक्रेन भ्रमण नगर्नू

बर्लिनस्थित नेपाली राजदूतावासको आग्रह - युक्रेन भ्रमण नगर्नू

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । बर्लिनस्थित नेपाली राजदूतावासले रूस–युक्रेन युद्धका कारण उत्पन्न असुरक्षित अवस्थालाई ध्यानमा राख्दै युक्रेन भ्रमण नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।

दूतावासले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म कुनै पनि प्रयोजनका लागि युक्रेन यात्रा नगर्न तथा तय भइसकेका भ्रमणसमेत स्थगित गर्न अनुरोध गरेको हो ।

दूतावासले युक्रेनको पछिल्लो सुरक्षा अवस्था झन् संवेदनशील बन्दै गएको उल्लेख गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो सुरक्षित रूपमा नेपाल फर्किन सुझाव दिएको छ ।

रूस–युक्रेन युद्धका कारण युक्रेनका विभिन्न क्षेत्रमा सुरक्षा जोखिम बढिरहेको भन्दै दूतावासले सतर्कता अपनाउन आग्रह गरेको हो ।

दूतावासका अनुसार युक्रेनमा रहेका नेपालीहरूलाई कुनै समस्या परेमा वा आकस्मिक सहयोग आवश्यक भएमा बर्लिनस्थित नेपाली दूतावासमा सम्पर्क गर्न सकिनेछ । यसका लागि दूतावासले प्रथम सचिव रञ्जन यादवको मोबाइल नम्बर सार्वजनिक गर्दै व्हाट्सएपमार्फत समेत सम्पर्क गर्न सकिने जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077