Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मस्कोमा बम विस्फोट : दुई प्रहरीसहित तीन जनाको मृत्यु

मस्कोमा बम विस्फोट : दुई प्रहरीसहित तीन जनाको मृत्यु

बिहिवार , पौष १०, २०८२

एजेन्सी । रूसको राजधानी मस्कोमा बुधबार भएको शक्तिशाली बम विस्फोटमा दुई प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शंकास्पद गतिविधि गरिरहेको देखिएपछि प्रहरी अधिकारीहरू एक व्यक्तिनजिक पुगेका थिए । उनीहरू नजिक पुग्ने बित्तिकै ठूलो आवाजसहित विस्फोट भएको हो ।

विस्फोटमा परी दुई प्रहरी र ती संदिग्ध व्यक्तिको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । घटनामा संलग्न अर्का एक व्यक्ति को हुन् भन्ने विषयमा अहिलेसम्म खुलाइएको छैन ।

रोयटर्सका अनुसार विस्फोट भएको स्थान केही दिनअघि कार बम विस्फोट भएको ठाउँ नजिकै हो । सोमबार बिहान रूसी जनरल स्टाफको ‘अपरेशनल ट्रेनिङ’ विभागका प्रमुख लेफ्टिनेन्ट जनरल फानिल सरवारोभ आफ्नो कारमुनि राखिएको बम विस्फोटमा परी मारिएका थिए ।

त्यस घटनापछि रूसी अनुसन्धानकर्ताहरूले उक्त हत्यामा युक्रेनको संलग्नता हुन सक्ने आशंकासहित अनुसन्धान अघि बढाइरहेका छन् ।

बुधबारको विस्फोटमा मारिएका तेस्रो व्यक्ति घटनाका योजनाकार हुन् वा संयोगवश परेका नागरिक हुन् भन्ने अझै स्पष्ट भएको छैन । रूसी अधिकारीहरूले घटनाबारे विस्तृत अनुसन्धान जारी राखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077