Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मध्य भोटेकोसी आयोजनासँग ५ करोड घुस लिएको खुलासा

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मध्य भोटेकोसी आयोजनासँग ५ करोड घुस लिएको खुलासा

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले छापा मारेको छ ।

अनियमितता भएको भन्ने पटकपटक गुनासो आएपछि अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा आइतबार छापा हानेको हो ।

मध्य भोटेकोसी आयोजनासँग सामाजिक उत्तरदायित्वका नाममा नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले ५ करोड लिएको आरोप छ ।
अख्तियारको टोलीले नगरपालिकाको कार्यालयबाट केही कागजातहरू नियन्त्रणमा लिइएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

अख्तियार मुख्यालय टंगालबाट खटिएको टोली आइतबार बाह्रबिसे नगरपालिका पुगेको थियो।

अख्तियार स्रोतका अनुसार आयोजनासँग जोडिएको यस बिषयमा पूर्वऊर्जामन्त्री दीपक खड्का, राज्यमन्त्री कान्छाराम तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्धसमेत उजुरी परेको थियो।

बाह्रबिसे नगर अस्पताल स्तरोन्नति गर्ने बहानामा आयोजनासँग मोटो रकम माग गरेको आरोप मेयर बस्नेतलाई लागेको छ।

उनीसहित पूर्वमन्त्री मोहनबहादुरको अगुवाइमा मध्यभोटेकोसी आयोजनाको ट्रान्समिसन लाइन विस्तारमा अवरोध गरेको र त्यही अवरोध खुलाउने बहानामा आयोजनासँग रकम माग गरिएको उजुरी परेको थियो।

मेयर बस्नेतसहितका व्यक्तिले आयोजनासँग ११ करोड रुपैयाँ माग गरेका थिए। त्यसमध्ये पाँच करोड रुपैयाँ आयोजनाले भदौ २०८१ मा भुक्तानी गरेको थियो।

अख्तियारले छापा मार्दा २० लाखको हिसाब किताब भेटिए पनि बाँकी रकमको केही हिसाब नभेटिएको स्रोतले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077