Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अविरल वर्षापछि तीन दिन बन्द बीपी राजमार्ग पुनः सञ्चालनमा

अविरल वर्षापछि तीन दिन बन्द बीपी राजमार्ग पुनः सञ्चालनमा

आइतवार , कार्तिक १६, २०८२

काभ्रे । लगातारको वर्षाका कारण तीन दिनदेखि अवरुद्ध भएको बीपी राजमार्ग आइतबार बिहानदेखि सञ्चालनमा आएको छ।

जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील धाजूका अनुसार रोशी गाउँपालिकास्थित चारसय बेसी क्षेत्रमा वैकल्पिक ड्राइभर्सन निर्माण गरी राजमार्ग सञ्चालनमा ल्याइएको हो।

गत केही दिनदेखिको अविरल वर्षाले काभ्रेको चौकीडाँडा, चारसय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्के लगायत स्थानहरूमा पहिरो तथा लेदो खस्दा राजमार्ग दुबै तर्फ अवरुद्ध भएको थियो।

राजमार्ग अवरुद्ध हुँदा पूर्वतर्फ जाने सवारी साधनहरू धुलिखेल र काभ्रे भञ्ज्याङ क्षेत्रमा रोकिएका थिए भने सिन्धुलीतर्फबाट काठमाडौं फर्कने सवारी नेपालथोक र मंगल्टारमा थुनिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077