Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाह्रबीसे नगरपालिकामा अख्तियारको छापा, मेयरमाथि करिब ५ करोड हिनामिनाको आरोप

बाह्रबीसे नगरपालिकामा अख्तियारको छापा, मेयरमाथि करिब ५ करोड हिनामिनाको आरोप

आइतवार , कार्तिक १६, २०८२

सिन्धुपाल्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले आइतबार अपरान्ह बाह्रबीसे नगरपालिकामा छापा मारेको छ।

नगरपालिकामा व्यापक अनियमितताको गुनासो बढेपछि आयोगको टोलीले छानबिनका क्रममा विभिन्न कागजात नियन्त्रणमा लिएको हो।

आयोग स्रोतका अनुसार, नगरपालिकामा भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पताल निर्माणका लागि भन्दै करिब ५ करोड रुपैयाँ लिएको र सो रकम दुरुपयोग भएको भन्ने उजुरी प्राप्त भएपछि छापा मारिएको हो।

उक्त रकम नगर प्रमुख बालकृष्ण बस्नेतले अस्पतालका नाममा लिएर व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप उजुरीमा उल्लेख छ।

आयोगले प्रारम्भिक चरणमा आवश्यक कागजात, सम्झौता पत्र, बैंक कारोबार र निर्णय फाइलहरू संकलन गरेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077