Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पार्टी बिग्रिनुको जिम्मा नेताहरूले लिनुपर्छ, म पनि लिन्छु : गगन थापा

पार्टी बिग्रिनुको जिम्मा नेताहरूले लिनुपर्छ, म पनि लिन्छु : गगन थापा

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेताहरूले जेनजी आन्दोलनको भावना बुझ्नै नसकेको बताएका छन्।

जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले महाधिवेशन नगरी चुनावमा जाने सुविधा नरहेको बताएका हुन्।

बैठकमा उनले भने–‘निर्वाचन अघि महाधिवेशन नगरी जाने हामीसँग सुविधा छैन। नागरिकसँग हामीले हामीलाई फेरि लैजानुपर्ने छ। सबैलाई आग्रह गरौं । २४ घण्टामा उथलपुथल भएर आएको जेनजीको भावना ५५ दिनमा बुझ्न सक्दैनौँ ? किन भने हामी झगडा गरिरहेका छौँ।’

उनले कांग्रेस केन्द्रीय कार्यसमितिमा भएकाहरूको मात्रै नभई लाखौँ सदस्य र बाहिर रहेको शुभचिन्तकहरूको पनि भएको बताए।

पार्टीको बिग्रिनुको जिम्मा नेताहरूले लिनुपर्ने र आफूले पनि आफ्नो भागको लिन तयार रहेको उनको भनाइ छ।

महामन्त्री थापाले भने–‘पार्टी यो अवस्थामा पुग्नुको जिम्मेवारी लिनुपर्ने होला। मैले लिनुपर्ने जति लिन म तयार। म लिने ल । अबको चुनावमा गठबन्धन गर्दैनौँ भनेर जानुपर्ने होला। हामी गर्ने कुरा यो हो भन्नुपर्ने होला। चुनावअघि त हाम्रो कुरा भन्नुपर्‍यो त्यसका लागि महाधिवेशन आवश्यक छ।’

बैठकमा महामन्त्री थापाले पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।
सोमबार नयाँबानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो ।

संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् ।

उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077