Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसमा दुई महाधिवेशन कार्यतालिका प्रस्ताव : कसको महाधिवेशन कहिले ?

कांग्रेसमा दुई महाधिवेशन कार्यतालिका प्रस्ताव : कसको महाधिवेशन कहिले ?

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २७ देखि ३० सम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा मंगलबार संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले कार्यतालिकासहित आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् ।

यादवको कार्यतालिकामा मङ्सिर २० गतेसम्म क्रियाशील सदस्यता नवीकरण गर्ने पुस ५ गतेसम्म नयाँ सदस्यता वितरण गर्ने उल्लेख छ ।

पुस २० गतेसम्म क्रियाशील सदस्यता छानबिन सम्पन्न गरी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने, चैत्र १ गते वडा अधिवेशन गर्ने, चैत्र ५ गते पालिका अधिवेशन गर्ने, चैत्र १२ गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने, चैत्र २० गते संघीय क्षेत्रीय अधिवेशन गर्ने, चैत्र ३० गते जिल्ला अधिवेशन गर्ने र वैशाख १५ गते सात प्रदेशको अधिवेशन गर्ने उल्लेख छ । वैशाख २७–३० गते १५ औ केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ ।

यता महामन्त्री गगन थापाले भने आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन प्रस्ताव गरेका छन् ।

महामन्त्री थापाले पेस गरेको कार्यतालिकामा क्रियाशील सदस्यता वितरण र नयाँ सदस्यता वितरण आगामी मङ्सिर १० गतेसम्म गर्ने, मङ्सिर १० देखि २० गतेसम्म क्रियाशील सदस्यता छानबिन गर्ने उल्लेख छ । त्यस्तै त्यो क्रियाशील सदस्यताको विवरण मङ्सिर २४ गते पार्टीको निर्वाचन समितिलाई हस्तान्तरण गर्ने, मङ्सिर २७ गते वडा अधिवेशन गर्ने उल्लेख छ ।

पुस ५ गते क्षेत्रीय अधिवेशन गर्ने र पुसको १६ देखि १९ गतेसम्म १५ औ केन्द्रीय महाधिवेशन गर्ने थापाको कार्यतालिकामा उल्लेख छ ।

कांग्रेसमा हाल महाधिवेशनको मितिबारे दुइपक्षबिच विवाद उत्पन्न भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077