काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा आज बिहान ११ बजेदेखि बैठक सुरु हुन लागेको हो ।
उक्त पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको संगठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत विषयमा बैठक केन्द्रित हुनेछ ।
बैठक बिहीबारसम्म चल्नेछ ।