Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबारदेखि जारी बैठकको दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले बैठकको एजेण्डामा आ–आफ्नो धारणा राख्ने छन् ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, सङ्गठनात्मक कार्ययोजनालगायत केन्द्रीय कार्यकारिणी समितिको बैठकको एजेण्डा रहेका छन् ।

जसपा नेपालले कात्तिक १९ र २० गते ललितपुरस्थित थसी ब्याङ्क्वेटमा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077