Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

जसपा नेपालले केन्द्रीय नेताहरूलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटायो

जसपा नेपालले केन्द्रीय नेताहरूलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटायो

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई निर्वाचनकेन्द्रित संगठनात्मक कार्यमा खटाएको छ ।

प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यहरुलाई तत् तत् निर्वाचन क्षेत्रमा नेर्वाचनकेन्द्रित कार्य गर्ने गरी खटाइएकोले हो ।

उनका अनुसार केन्द्रीय सदस्यहरूलाई प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा समन्वय समिति र बुथ समितिहरू गठन गरी सक्रिय रूपमा परिचालन गर्न तथा गठन हुन बाँकी रहेका प्रदेश, जिल्ला, पालिका, वडा, टोल तथा गाउँ समिति शीघ्र गठन गर्नेलगायत संगठन तथा संरचना निर्माण कार्यमा लाग्न पार्टीले निर्देशन दिएको छ।

त्यसैगरी चुनावी प्रचार प्रसार, मतदाता सचेतना कार्यक्रम, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा प्रशिक्षणलगायतका कार्यहरू योजनाबद्ध रूपमा सञ्चालन गर्न र निर्वाचन क्षेत्रमा आधारित कार्यक्रम र कार्ययोजना तयार गरी समयमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउँदै प्रचार प्रसार, प्रशिक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्रीय नेताहरुले भूमिका खेल्ने उनको भनाइ छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077