Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जसपा नेपालबाट महन्थ ठाकुर बने राष्ट्रिय सभा उम्मेदवार

जसपा नेपालबाट महन्थ ठाकुर बने राष्ट्रिय सभा उम्मेदवार

बुधवार , पौष २३, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

कांग्रेस, एमाले र जसपा मिलेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय भएको थियो ।

जसमा नेपाली कांग्रेसले ९ सिट, एमालेले ८ र लोसपाले १ सिट लिएको छ। सोहि भागबण्डा सहमतिअनुसार जसपा नेपालले मधेस प्रदेशबाट ठाकुरलाई उम्मेदवार बनाएको हो ।

लोसपा नेपालका अध्यक्ष उनले केहीअघि मात्रै जसपा नेपालसँग एकता गर्न सहमति गरेका थिए ।

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077