Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली कम्युनिस्ट पार्टीद्धारा ९ बुँदे प्रस्ताव अनुमोदन, चुनाव चिह्न ‘पाँच कुने तारा’

नेपाली कम्युनिस्ट पार्टीद्धारा ९ बुँदे प्रस्ताव अनुमोदन, चुनाव चिह्न ‘पाँच कुने तारा’

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले एकता सम्बन्धी ९ वटा प्रस्ताव पारित गरेको छ । बुधबार भृकुटीमण्डपमा आयोजित संयुक्त सम्मेलनबाट निर्णय भएको ९ वटा प्रस्ताव नेता वर्षमान पुनले पढेर सुनाएका हुन् । सम्मेलनमा पुनले प्रस्तुत गरेका प्रस्तावलाई प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरे। प्रस्तावहरू :

१. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ।

२. चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ।

३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुने निर्णय गरिएको छ।

४. एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन सम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको छ।

५. केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ।

६. विगतका प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन्।

७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहनेछ।

८. नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र पारित गरिएको छ।

९. नेपाली कम्युनिष्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077