Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुरक्षा निकायमाथि ड्रोन खसाल्छु भन्ने भुसाल ५ दिन हिरासतमा बस्ने

सुरक्षा निकायमाथि ड्रोन खसाल्छु भन्ने भुसाल ५ दिन हिरासतमा बस्ने

बुधवार , कार्तिक १९, २०८२

काठमाडौँ । सामाजिक सञ्जालमार्फत हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका निकोलस भुसाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रहरीले उनलाई मंगलबार गोरखाबाट नियन्त्रणमा लिएको थियो । बुधबार भुसाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद थपका लागि अनुमति दिएको हो ।

भुसालले सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने घोषणा गर्दै बालुवाटारमा ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी दिएका थिए।

सुरक्षा निकायमाथि ड्रोन खसाल्ने पनि उनले अभिव्यक्ति दिएका थिए । उक्त पोस्ट सार्वजनिक भएपछि प्रहरीले उनलाई निगरानीमा राख्दै पक्राउ गरेको हो।

भुसालमाथि ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ अन्तर्गत झुटा अफवाह फैलाएको र हिंसा भड्काउने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077