Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नवगठित नेपाली कम्युनिस्ट पार्टीले आयोगमा दियो दल दर्ताको निवेदन

नवगठित नेपाली कम्युनिस्ट पार्टीले आयोगमा दियो दल दर्ताको निवेदन

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।

बुधबार मात्रै विभिन्न १० वटा वामपन्थी पार्टीको एकता घोषणा गरेको ‘नेपाली कम्युनिष्ट पार्टी’ले आज आयोगमा दल दर्ताको निवेदन दिएको हो।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जन समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी–समाजवादी, नेकपा-साम्यवादीलगायतका विभिन्न कम्युनिष्ट तथा समाजवादी समूहहरू एकताबद्ध भएर नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको थियो ।

नवगठित पार्टीले आगामी निर्वाचनका लागि पाँचकुने तारा चुनाव चिह्नका रूपमा प्रस्ताव गरेको छ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ।

दल दर्ता निवेदनसँगै एकताको प्रतिबद्धतापत्र र घोषणापत्र पनि आयोगमा पेश गरिएको नेता शिव खकुरेलले जानकारी दिए।

उनका अनुसार दलको विधानलाई पूर्णता दिने काम जारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077