Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कर अधिकृत र ठेकेदार मिलेर १ करोड २३ लाख भ्याट छली, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा

कर अधिकृत र ठेकेदार मिलेर १ करोड २३ लाख भ्याट छली, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व रकम हिनामिनाको आरोपमा दुईजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगले धरानका तत्कालीन आन्तरिक राजस्व कार्यालयका कर अधिकृत तिलक आले र कम्पनीका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया खोलामा नदीजन्य पदार्थ उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख ५१ हजार ५१ रुपैयाँ (भ्याटबाहेक) मा ठेक्का सम्झौता गरेको थियो।

सो ठेक्काअनुसार कम्पनीले १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ भ्याट आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा कर अधिकृत आले र कम्पनीका प्रबन्धक बस्नेतसँग मिलोमतो गरी भ्याट रकम अनियमितता गरिएको आरोप छ ।

सोही घटनामा संलग्न रहेको ठहर गर्दै तत्कालीन कर अधिकृत आले र निर्देशक बस्नेत विरुद्ध १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ बिगो कायम गरी जरिवाना तथा कैद सजायको मागदाबी सहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077