Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव

विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले सार्वजनिक सूचनामार्फत विश्व वातावरण सुविधामार्फत प्राप्त हुने १० लाख ८९ हजार पाँच सय ५५ अमेरिकी डलर अर्थात झन्डै १५ करोड ४४ लाख ८८ हजार रुपैयाँ उपयोगका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

ग्लोबल बायोडाइभरसिटी फ्रेमवर्क फण्डबाट नेपाललाई बाँडफाँट भएको रकममध्ये बाँकी रहेको रकमको उपयोग गर्नेगरी विश्व वातावरण सुविधामा परियोजना प्रस्ताव पेस गर्न भनिएको हो ।

राष्ट्रिय बजेट प्रणालीबाट रकम प्रवाह हुनेगरी परियोजना प्रस्ताव तयार गरी आउँदो मंसिर १४ गतेसम्म पेस गर्न सबै निकायलाई मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077