Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधवलाई रामकुमारीको कटाक्ष - आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?

माधवलाई रामकुमारीको कटाक्ष - आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । हालै नेकपा (एकीकृत समाजवादी) परित्याग गरेकी नेतृ रामकुमारी झाँक्रीले आफूमाथि गरिएको कारबाहीप्रति असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गरेकी छिन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड भन्दै उनले नेपालमाथि कटाक्ष गरेकी हुन् । झाँक्रीले लेखेकी छन् —'आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेडरु केही अर्थ छ र अब पनि कारबाहीकोरु लोकले के भन्ला भन्ने पनि लागेन र ?'

उनले कारबाहीलाई राजनीतिक भन्दा बढी व्यक्तिगत व्यवहारको नतिजा बताउँदै पूर्वप्रधानमन्त्री नेपालप्रति भावनात्मक तर व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएकी छन्।

झाँक्रीले लेखेकी छन्, 'तपाईं सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख रहनुभयो, बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेवारीमा रहनुभयो। यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो। विर्सेकाहरूले अब ती सबै घटना स्मृतिमा लिनेछन्।'

राजनीतिक जीवनको लामो यात्रा स्मरण गर्दै उनले थपेकी छन्, 'जिन्दगीमा के लानु छ कमरेडरु समाज र देशका लागि जीवन र जवानी अर्पण गर्नेले लाने त यति हो— एउटा मिठो वा तितो स्मृति, चिया पसलमा दुई जनाले गर्ने कुरा। आफ्नै मलामी त कसले पो देख्छ र ?'

अन्त्यमा उनले लेखेकी छन्, 'हार्दिक धन्यवाद यो अन्तिम कर्मका लागि। बाँकी जीवन सुखद होस्, परिवारमा शान्ति र स्वास्थ्य रहोस्। तपाईं जहाँ रहनुहुन्छ, म तपाईंलाई सधैं अभिभावककै रूपमा सम्झनेछु।'

रामकुमारी झाँक्रीले पछिल्ला दिनमा पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नेकपा (एकीकृत समाजवादी) परित्याग गरेकी थिइन् । पार्टीले त्यसपछि उनलाई औपचारिक रूपमा कारबाही गरी निलम्बन निर्णय गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077