Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिमरा घटनाबारे झाँक्रीले भनिन्- अझै अदृश्य शक्तिहरू सरकार र दलहरूबीच मुडभेड होस् भन्ने चाहान्छन्

सिमरा घटनाबारे झाँक्रीले भनिन्- अझै अदृश्य शक्तिहरू सरकार र दलहरूबीच मुडभेड होस् भन्ने चाहान्छन्

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले दृश्य-अदृश्य शक्तिहरूले सरकार र दलहरूबीच मुठभेड होस भन्ने चाहेको बताएकी छिन् ।

बुधबार सिमरामा भएको जेनजी प्रदर्शनलाई लक्षित गर्दै झाँक्रीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेकी हुन्।

हजारौँ नागरिक र अग्रजहरूको बलिदानबाट आएको यो व्यवस्था र संविधान रक्षा गर्नुपर्ने उनको भनाइ छ ।

उनले लेखेकी छिन्- 'हिजो सिमरामा अत्यन्तै दुःखद घटना भयो। अझै दृश्य वा अदृश्य पक्षहरूले सरकार र दलहरू विच मुडभेड होस भन्ने चाहान्छन। कुनै न कुनै बहानामा संबिधान फ्याक्न चाहान्छन। हाम्रा हजारौ नागरीक र अग्रजहरूको बलिदानबाट आएको यो ब्यवस्था र संविधान हो यो। नेपालको कुनै पनि भूभागमा निर्वाद आवतजावत गर्ने पाउने,विचारको छनौट गर्न पाउने, आफूलाई मन पर्ने विचार वा दलमा संगठित हुन पाउने, शान्तिपूर्ण रूपमा भेला, सभा सम्म्लेलन गर्न पाउने, संबिधान प्रदत्त हकहरू हुन। यसलाई अक्षुण्ण राख्नु सरकारको कर्तव्य हो ।'

उनले शान्ति सुव्यवस्था कायम गर्नु, जनता र सार्वजनिक, निजी सम्पत्तिको सुरक्षाको पूर्ण प्रत्याभूति दिन, शान्ति सुरक्षाको व्यवस्था गर्नु सरकारको पहिलो जिम्मेवारी भएको उनले स्मरण गराएकी छिन् ।

उनले थप लेखेकीछिन्- 'शान्ति सुब्यवस्था कायम गर्नु, जनता र सार्वजनिक, नीजी सम्पत्तिको सुरक्षाको पूर्ण प्रत्यभूति दिन, शान्ति सुरक्षाको ब्यवस्था गर्नु, सरकारको पहिलो जिम्मेवारी हो। हिजो जे भयो के ठिक भयो त ? यसरी नै हो नागरीक हकहरू खुम्चिदै जाने। सरकार अब बदलाबाट होईन संवादबाट अगाडी बढोस।'

उनले सरकारलाई बदलाको भावनाबाट होइन संवाद गरेर अघि बढ्न सुझाव समेत दिएकी छिन्।

''

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077