Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केही समयपछि देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्छ: स्वर्णिम वाग्ले

केही समयपछि देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्छ: स्वर्णिम वाग्ले

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने दाबी गरेका छन्।

चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको पार्टी विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो दाबी गरेका हुन्।

उनले संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए।

अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको छ । अब घनिभूत ढंगबाट निर्वाचनको तयारी गर्नुपर्ने वाग्लेले बताए।

उनले भने- 'संघीय निर्वाचन घोषणा भइसकेको छ। त्यसको तयारी पनि हामीले अब घनिभूत ढंगले गर्नुपर्नेछ । १ सय २० दिनभन्दा कम छ। त्यसकै सेरोफेरोमा निर्वाचनको तयारीका लागि पनि विचार, योजना र सिद्धान्तमै टेकेर हामीले जनतालाई प्रेरित पार्नुछ, प्रेरणा दिनुछ। अबको केही समयपछि देशको कालखण्डको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्ने छ ।'

उनले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीमा एकजुट भएर लाग्न पार्टीका नेता, कार्यकताहरुलाई निर्देशन पनि दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077