Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निकोलसको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश अस्वीकार, कारण देखाऊ आदेश जारी

निकोलसको रिटमा सर्वोच्चबाट अन्तरिम आदेश अस्वीकार, कारण देखाऊ आदेश जारी

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले डा. निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकार पक्षलाई ‘किन भुसाललाई थुनामा राखिएको हो ?’ भन्ने विषयमा कारण देखाऊ आदेश जारी गरेको हो ।

इजलासले भुसाललाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ । अब संयुक्त इजलासले थुनामा रहने वा थुनामुक्त गर्ने भन्ने आदेश दिनेछ ।

डा. भुसाललाई मंगलबार (कात्तिक १८ गते) दिउँसो गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनीमाथि सामाजिक सञ्जालमार्फत सार्वजनिक पदाधिकारीहरूलाई लक्षित गरी अमर्यादित र अभद्र अभिव्यक्ति दिएको आरोप लागेको छ ।

उनको पक्षबाट दायर रिटमा सर्वोच्चले तत्काल रिहाइको आदेश नदिई, मुद्दाको मूल कारण स्पष्ट पार्न सरकारलाई लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077