Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जग्गा लिज प्रकरणमा नेपाल ट्रष्टका पूर्वसहसचिव कार्की पक्राउ, ठगी र विश्वासघातमा अनुसन्धान

जग्गा लिज प्रकरणमा नेपाल ट्रष्टका पूर्वसहसचिव कार्की पक्राउ, ठगी र विश्वासघातमा अनुसन्धान

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं। ठगी र आपराधिक विश्वासघातको कसुरमा नेपाल ट्रस्टका पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार चितवन भरतपुर महानगरपालिका १५ का ६६ वर्षीय कार्कीलाई शुक्रबार पक्राउ गरिएको हो।
उनीमाथि ठगी, आपराधिक विश्वासघात र नेपाल ट्रस्टको जग्गा लिजसम्बन्धी अनियमितता प्रकरणमा संलग्न रहेको आरोप छ।

कार्कीमाथि प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १, दरबारमार्गस्थित नेपाल ट्रस्टको नाममा दर्ता जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने क्रममा कार्कीले गैरकानुनी रूपमा लाभ आरोपमा अनुसन्धान सुरु गरिएको छ।

नेपाल ट्रस्ट र उक्त कम्पनीबीच लिज सम्झौता हुँदा कित्ता नम्बर ४६०६ को जग्गा मात्रै दिइने उल्लेख थियो। तर कार्कीले थप कित्ता नम्बर ४६०५ को जग्गासमेत विनानिर्णय र आधार लिजमा दिएको पाइएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।

नेपाल ट्रस्टको सञ्चालक समितिको निर्णयविना र बदनियतपूर्वक तीन वर्षको निर्माण अवधि तोकिएकामा ३० वर्षका लागि लिजमा दिँदा कार्की संलग्न रहेको श्रेष्ठ बताउँछन्।

श्रेष्ठले भने- 'सो कार्यबाट नेपाल ट्रस्टमार्फत नेपाल राष्ट्रलाई नै दीर्घकालीन हानि-नोक्सानी पुगेको र त्यसमा तत्कालीन पदाधिकारी, सरकारी कर्मचारी तथा अन्य व्यक्तिहरूले समेत गैरकानुनी लाभ लिएको आरोप छ।'

पक्राउ परेका कार्की तत्कालीन समयमा नेपाल ट्रस्टको कार्यालयमा सहसचिवका रूपमा कार्यरत थिए। हाल अवकाश प्राप्त सहसचिव कार्कीको बयानका आधारमा थप अनुसन्धान अघि बढ्ने प्रहरीको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077