काठमाडौं । सरकारकी बोलपत्रसम्बन्धि सिष्टम नै ह्याक गरेर ठेक्का हत्याउँदै आएको आरोपमा देशका ठूला निर्माण व्यवसायीमाथि सिआइबीले छानबिन अघि बढाएको छ। केहीलाई ब्यूरोले पक्राउ गरिसकेको छ।
पक्राउ पर्नेमा हटौंडाका निर्माण व्यवसायी सागर कटवाल लगायत छन्।
उनीहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइडमा ह्याक गरी अरुको भन्दा कम आर्थिक प्रस्ताव राखेर ठेक्का हात पार्दै आएका थिए।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ठेक्का पनि त्यसैगरी हत्याएको खुलेपछि आशिष निर्माण सेवा, सगुन इन्जिनियरीङ लगायत कम्पनीमाथि सिआइबीले छानबिन गरिरहेको छ। यसमा दर्जनौं निर्माण व्यवसायी छानबिनमा तानिने सम्भावना रहेको स्रोत बताउँछ ।
बोलपत्रका लागि प्रस्ताव पेश गर्नुभन्दा केही मिनेट अगाडि आफ्नो बिड मोडिफाई गरी उनीहरुले सबैभन्दा कम प्रस्ताव गर्दथे । यसमा विदेशी ह्याकर समेत प्रयोग गरिएको आशंका गरिएको छ।
संगठित किसिमको अपराध भएकाले सिआइबीले गोप्य रुपमा अप्रेसन गरिरहेको छ।