Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निकोलस भुसाललाई हाजिर जमानीमा रिहा गर्न सर्वोच्चको आदेश

निकोलस भुसाललाई हाजिर जमानीमा रिहा गर्न सर्वोच्चको आदेश

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । सर्वोच्च अदालतले डा. निकोलस भुसाल (कमल) लाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ ।

भुसालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो ।

सर्वोच्चले प्रहरीलाई भुसाललाई धरौटी लिएर वा साधारण तारिखमा रिहा गर्ने अधिकार प्रदान गरेको छ।

डा. भुसाललाई सामाजिक सञ्जालमार्फत अभद्र तथा अमर्यादित अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई कात्तिक १८ गते दिउँसो गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो ।

577988933_2267212707075112_5337035689465224130_n-1762786558.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077