Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धर्मेन्द्रको निधनको खबर परिवारद्वारा खण्डन, स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी

धर्मेन्द्रको निधनको खबर परिवारद्वारा खण्डन, स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी

मंगलवार , कार्तिक २५, २०८२

एजेन्सी। बलिउड अभिनेता धमेन्द्रको मृत्यु भएको खबरलाई उनको परिवारले खण्डन गरेको छ ।

बढ्दो जनचासोबीच धर्मेन्द्रका सुपुत्र तथा चर्चित अभिनेता सन्नी देओलले आफ्ना बुबाको स्वास्थ्यबारे आधिकारिक जानकारी दिँदै उनको अवस्था स्थिर रहेको बताएका छन् । उनले धर्मेन्द्रको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सकारात्मक रहन र गलत अफवाहहरूबाट टाढा रहन अनुरोध गरेका छन् ।

यसअघि, धर्मेन्द्रकी धर्मपत्नी तथा वरिष्ठ अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले पनि सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्यबारे जानकारी दिँदै प्रशंसकहरूको चिन्ताप्रति आभार व्यक्त गरेकी थिइन् ।

उनले पछि एक्समा लेखेकी छन्- 'जे भइरहेको छ, त्यसलाई माफ गर्न सकिँदैन । जिम्मेवार च्यानलहरूले एक व्यक्तिको बारेमा झूटो खबर कसरी फैलाउन सक्छन्, जसमा उपचारको प्रभाव देखिँदै छ र उनी ठिक भइरहेका छन् । यो एकदमै अपमानजनक र गैरजिम्मेवार हो । कृपया परिवार र उनीहरूको प्राइभेसीको सम्मान गरौँ ।'

आज बिहानैदेखि ठुला भारतीय सञ्चारमाध्यमले धर्मेन्द्रको निधन भएको समाचार सम्प्रेषण गरेका थिए । भारतीय रक्षामन्त्री राजनाथ

सिंहलगायत थुप्रै हस्तिहरूले सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली समेत दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077