Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रहेनन् बलिउड अभिनेता धर्मेन्द्र देओल

रहेनन् बलिउड अभिनेता धर्मेन्द्र देओल

सोमवार , मंसिर ८, २०८२

एजेन्सी । भारतीय सिनेमाका दिग्गज अभिनेता धर्मेन्द्र देओलको ८९ वर्षको उमेरमा निधन भएको छ ।

धर्मेन्द्रको आज दिउँसो १ बजेतिर घरमै निधन भएको समाचार एजेन्सी आईएएनएसले पुष्टि गरेको हो ।

उनको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा हुँदैछ, जहाँ अमिताभ बच्चन र आमिर खान लगायत धेरै सेलिब्रेटीहरू उपस्थित हुनेछन्।

लामो समयदेखि श्वासप्रश्वासमा समस्या भएका धमेन्द्र केहीअघि अस्पताल भर्ना भएका थिए। सोहीबीच नोभेम्बर ११ मा पनि उनको मृत्यु भएको खबर आएको थियो तर परिवारले त्यसलाई अस्वीकार गरेको थियो।

सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्।

धर्मेन्द्रले ‘शोले’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘धरम वीर’, ‘यादों की बारात’ लगायत सयौं चर्चित चलचित्रमा अभिनय गर्दै भारतीय फिल्म उद्योगमा अपार योगदान पुर्‍याएका थिए । उनी बलिउडका ‘हे-म्यान’ भनेर समेत चिनिन्थे।

बलिउड इतिहासमा धर्मेन्द्रको नाम एउटा युगका रूपमा सम्झिने गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077