Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्: संयोजक प्रचण्ड

ओली हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्: संयोजक प्रचण्ड

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो भनेका हुन् ।

उनले भने- '१२ वटा समूह एक ठाउँमा आइसक्यौँ। केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।'

दाहालले नेपाली कम्युनिष्ट पार्टीमा हालसम्म १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको पनि जानकारी गराएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै हावादारी कुरा गर्ने बताएका छन् ।

गत कार्तिक १९ गते, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका विभिन्न राजनीतिक दल र समूहहरूले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077