Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आगो

८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आगो

शनिवार , कार्तिक २९, २०८२

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका ८४ वर्षीय डिल्लीराम अधिकारीले आफ्नो शरीरमा आगो लगाएका छन्। शुक्रबार राति करिब ११:३० बजे उनी घरबाहिर आँगनमा गएर पेट्रोल खन्याई आफैंलाई आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

डिल्लीरामका काइँला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेको टोली घटनास्थल पुगेर क्षेत्र सुरक्षित गरेको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट अर्को टोली खटिएको छ।

परिवारका अनुसार डिल्लीरामको मृत्यु भइसकेको छ । उनी केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077