Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खानेपानी कार्यालयमा भ्रष्टाचार: निमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

खानेपानी कार्यालयमा भ्रष्टाचार: निमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतवार , कार्तिक ३०, २०८२

बारा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आइतबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगले जनही ३ लाख १६ हजार ५७० रुपैयाँ बिगो माग दाबी गर्दै यादव, लेखापाल प्रदीप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालीका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेललाई प्रतिपादी बनाएको छ ।

आर्थिक वर्ष २०७९/ ८० मा जिल्लाका विभिन्न निर्माणका लागि आह्वान गरिएका २३ वटा बोलपत्रको सूचना राष्ट्रिय दैनिकमा प्रकाशित नभएको आयोगको निष्कर्ष छ ।

निमित्त डिभिजन प्रमुखले बोलपत्रको सूचना नै प्रकाशन नगरी मिलेमतोमा ठेक्का लगाई अनियमितता गरेको आयोगले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077