Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेनजी आन्दोलनका क्रममा कालिमाटीमा तोडफोड गर्ने विजय लामा पक्राउ

जेनजी आन्दोलनका क्रममा कालिमाटीमा तोडफोड गर्ने विजय लामा पक्राउ

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी भवनमा तोडफोड तथा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १३ टंकेश्वर बस्ने ४१ वर्षिय विजय लामा रहेका छन्।

लामालाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले कात्तिक २९ गते सोही स्थानबाट नियन्त्रणमा लिएको थियो।

लामा विरुद्ध यसअघि नै अभद्र व्यवहारमा ५ वटा र केही सार्वजनिक अपराध कसुरमा २ वटा गरि ७ मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जनाएका छन्।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077