Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अवैध रूपमा भारत लगिँदै गरेको ४८ थान राहदानीसहित चौधरी पक्राउ

अवैध रूपमा भारत लगिँदै गरेको ४८ थान राहदानीसहित चौधरी पक्राउ

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । विभिन्न व्यक्तिका ४८ थान नेपाली राहदानी बोकेर भारत जान लागेकी एक महिला पक्राउ परेकी छन् । 

बिहीबार चौधरीलाई त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरी टोलीले ४८ थान नेपाली राहदानीसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका १ स्थायी घर भएका ४५ वर्षीया तारा चन्द चौधरी रहेका छन् । 

भटान एयरलाइन्सको बी३-७७३ नम्बर उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका चौधरीको लगेज जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान विन्दुस्थित एक्स-रे गर्ने क्रममा पछाडी भिर्ने कालो रंगको झोलामा शंकास्पद वस्तु देखिएको थियो ।

जाँच गर्दा भारततर्फ लान लागिएको अवस्थामा झोलामा उक्त राहदानी फेला परेको थियो ।

पक्राउपछि चौधरीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु काठमाडौं पठाईएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077