सिरहा । ठूलो मात्राको अवैध फर्सीको बिउसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका वडा–२ बस्ने हरिदेव दास रहेका छन् ।
उनको घरमा अवैध रुपमा नेपालबाट भारत तर्फ लैजानको लागी फर्सीको बिउको बोराहरु लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरीले सोमबार साँझ उनको घरमा खोजतलासि गर्दा घरको प्यासेजमा लुकाई राखेको ७० बोरा फर्सिको बिउसहित हरिदेवलाई पक्राउ गरेको हो ।
बरामद गरिएको बीउको बजार मूल्य १९ लाख बराबर रहेको छ।
हरिदेवलाई आज थप कारवाहीको लागी भन्सार कार्यालय माडर सिरहामा पठाइएको प्रहरीले जनाएको छ ।