Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

हामी संकटसँग भाग्ने होइन, सामना गर्दै देशलाई निकास दिन्छौँ : शंकर पोखरेल

हामी संकटसँग भाग्ने होइन, सामना गर्दै देशलाई निकास दिन्छौँ : शंकर पोखरेल

आइतवार , कार्तिक ३०, २०८२

दैलेख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले मुलुकको राजनीतिक संकटसँग जुध्न सक्षम रहेको दाबी गरेका छन् ।

आइतबार दैलेखको पटांगीनी, दुल्लूमा आयोजित जिल्ला कमिटी सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले पार्टीलाई थप सुदृढ बनाउँदै देशलाई अस्थिरताबाट जोगाउन एमालेलाई ‘निर्णायक राष्ट्रिय शक्ति’को रूपमा विकास गर्न आवश्यक रहेको बताए ।

भदौ २३ र २४ गते देशभरका संवैधानिक निकायमा भएको तोडफोडलाई ‘राज्यलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र’ भन्दै उनले आलोचना गरे ।

महासचिव पोखरेलले भने, “सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमा आगो लगाउनु राष्ट्रविरुद्धको गम्भीर अपराध हो। हामी संकटसँग भाग्ने होइन, त्यसको सामना गर्दै देशलाई निकास दिने अभियानमा अघि बढिरहेका छौँ।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077