काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन जोडेको हो ।
काठमाण्डूविरुद्ध जनकपुरका मार्की आसिफ सेखले अर्धशतक बनाए । आसिफले ४१ बलमा ५४ रन बनाए । मयन यादवले ३४, लाहिरु समाराकुनले २२ रन जोडे ।
काठमाण्डूका लागि बलिङमा भारतीय खेलाडी मिलिन्द कुमारले सानदार प्रदर्शन गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा १५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।
त्यस्तै, कप्तान करण केसी, शाहब आलम र सन्तोष यादवले समान एक-एक विकेट लिए।